संसद सचिवालयको कावा महासचिवको जिम्मा पाण्डेलाई
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् । प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसदका कामकारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएको सचिवालयले जनाएको छ ।
यसअघिका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको सिफारिस गरेका थिए ।
सभामुखले महासचिव नियुक्तिमा भएको ढिलाइबारे चासोसहित राष्ट्रपतिसँग संवाद गर्न चाहेपनि सम्पर्क भइनसकेको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले ८ महिनाअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेयलाई महासचिव बनाउन लागिएको थियो ।