भोजपुरमा ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ – Nepal Press

भोजपुरमा ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ

भोजपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भोजपुर सदरमुकाममा पहिचानवादीले कालो झण्डा देखाएका छन् । मध्यपहाडी संकल्प यात्राअन्तर्गत १५औं दिनमा भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

ओलीलाई कालो झण्डा देखाएको आरोपमा जसपाका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बूले ,मनि राई, तायावुङ राईलगायत पक्राउ परेका छन् ।

कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचानवादीले एमालेको संकल्प यात्रालाई अवरोध गर्ने उद्देश्यसहित बन्दसम्मका संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।


प्रतिक्रिया

One thought on “भोजपुरमा ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ

  1. केही गम्भिर सवालहरु !!
    => नेपाली जनता सुखी हुनु पर्छ, नेपाल सम्ब्रिद्द बन्नु पर्छ : भन्ने एमाले र ओली कस्को मात्र नेता हुन !?
    => ‘कोशी’ नाम राख्ने भनेको एमाले मात्र हो !? एमालेको ४० सिट त ३२% मात्र हुन्छ तर ‘कोशी’ त ९८ % भोट् दिएर पास गरेको हो, ती काङ्रेश थिए, माओवादी थिए तर बिरोध मात्र एमालेको किन !? ती कता गए र किन !?
    => देशको राष्ट्रियता खम्बा, जनताको भरोसाको केन्द्र र साच्चै देशको उन्नती गर्ने हो भने त्येशको लागि सबै सबै हिसाबले सक्ष्यम पार्टि एमाले हो : त्येशको बिरोध गर्नु वा त्येशलाई सफाया गर्नु भनेको के हो !?
    => हरेक ब्येक्तिको पहिचान हुन्छ र सबैको पहिचान स्वाभिमानको कुरा हो त्यो सम्मानित हुनु पर्छ सबै बाट !!
    => बिगत राज्यको गलत प्रब्रितिको कारण धेरै जात जातिका भाषा सँस्कृति पछी परेका छन : तिनको बिकासमा राज्यले ध्यान दिनु पर्छ : ठाउँ ठाउमा भाषा पाठशाला खुलुन, सांस्कृतिक केन्द्र बनुन : पहिचानको सम्रक्ष्यण त्येसरी हुन्छ, त्यो गर्न दवाब दिउँ, आवाज उठाउँ तर डलर, युरो र पाउन्ड स्तर्लिङ खाएर सोझा वीर जनजाती मित्रहरुलाई भड्काउने समाज भँडुवाहरुको उक्साहटमा लागेर त्येस्तो सभ्य पहिचान बोकेका मान्छेहरु ‘ढुङ्गा मुडा गर्ने, काट्ने मार्ने’ को परिचय बनाउन नलाग्नुस् !!
    => धेरै समय बर्बाद भएको छ, अझ यस्ता अराजक गतिबिधी गरेर आफ्नै भविस्य माथि खेल्वाड नगरनुस्, जिम्मेवार मित्रहरु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर