गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सम्पन्न – Nepal Press

गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सम्पन्न

काठमाडौं । गभर्नेन्स ल्याबले नेसनल गभर्नेन्स सिम्पोजियम २०२३ समापन गरेको छ ।

बुधबार दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको दुई दिने ‘राष्ट्रिय गोष्ठी २०२३’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा प्रमुख सरकारी निकायहरुको सहभागितामा सम्पन्न गरिएको हो ।

‘समावेशी विकासका लागि नवीन आविष्कारहरू’ थिम राखिएको गोष्ठीमा प्रतिष्ठित व्यक्तित्व र विज्ञबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित वैचारिक सत्रहरू प्रस्तुत गरिएको थियो । जहाँ नेपालमा समावेशी र सहकार्यमुलक शासनका लागि नया सम्भावनाहरूमा हस्तक्षेप गरिनुपर्नेमा जोड दिइएको नेपाल लिडरसिप एकेडेमीले जनाएको छ ।

गोष्ठीको पहिलो दिनको पहिलो सत्रमा नीतिगत निर्णयका लागि युवा र सरकारको सहकार्य विषयमा छलफल भएको थियो भने, दोश्रो सत्रमा ब्रेकिंग व्यारीयर्स एडभानसिङ्ग बियोन्ड रेप्रेजेन्टेसन टू डिग्गनिटि एन्ड सेल्फ– डिटरमिनेशन विषयमा छलफल भएको थियो । त्यस्तै गोष्ठीको पहिलो दिनको दोश्रो भाग अन्तर्गत तेश्रो सेसनमा राष्ट्रिय महिला उद्यम विकास नीतिको लागि मुद्धा बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

गभर्नेन्स ल्याबका अध्यक्ष डा.पुकार मल्लले भने, ‘राष्ट्रिय सुशासन गोष्ठी नेपालको विकास क्षेत्रका विविध आवाजहरूलाई एकै ठाउँमा ल्याउने मञ्च हो । यस्ता गोष्ठीहरूले नीतिनिर्माताहरू, कार्यान्वयनकर्ताहरू र जनताबीचको सम्भाभाव्य खाडललाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् जसले समावेशी विकासका लागि व्यावहारिक समाधान र मार्गहरू पहिचान गर्न योगदान पुर्‍याउँछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर