मध्यपहाडी यात्रा धनकुटामा- तस्बिरमा हेर्नुहोस् ओलीको स्वागतमा उत्साही लेगुवाबासी
धनकुटा । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि सङ्कल्प यात्रा अन्तर्गत आज १५औं दिन एमालेको टोली धनकुटा प्रवेश गरेको छ ।
बिहीबार बिहान भोजपुरबाट हिँडेको टोली अरुण नदी तरेर धनकुटा प्रवेश गरेको हो । अरुण किनारमा रहेको लेगुवा बजारमा टोलीलाई बाजागाजासहित स्थानीयले स्वागत गरेका छन् । ओलीसहितका नेतालाई स्वागत गर्न स्थानीय वृद्धवृद्धा, बालबालिका, कार्यकर्ता तथा शुभेच्छुक भेला भएका थिए । बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरू यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ ।
मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि यात्रामा सहभागी छन् ।