बालकृष्ण खाणको मुद्दाको बहस सकियो, केहीबेरमा आदेश आउँदै – Nepal Press

बालकृष्ण खाणको मुद्दाको बहस सकियो, केहीबेरमा आदेश आउँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको पुनरावेदनमाथि सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा आज भएको सुनुवाइअन्तर्गत भर्खरै बहस सकिएको हो ।

खाणलाई छाड्ने या थुनामै राख्नेबारे केही बेरमा आदेश आउनेछ ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।

उच्च अदालत नियमावली तथा ऐनबमोजिम तेस्रो न्यायाधीशको इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्नेछ । पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए ।

तर, खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर