फिफा वर्ष खेलाडीको अन्तिम सर्टलिस्टमा मेस्सी, एमबाप्पे र हालान्ड – Nepal Press

फिफा वर्ष खेलाडीको अन्तिम सर्टलिस्टमा मेस्सी, एमबाप्पे र हालान्ड

काठमाडौं। विश्व फुटबल महासंघ (फिफा)ले यो वर्षको वर्ष खेलाडी अवार्डका लागि अन्तिम तीन जनाको मनोनयन सार्वजनिक गरेको छ।

पुरुषतर्फ लियोनल मेस्सी, केलियन एमबाप्पे र एर्लिङ हालान्ड छन् । मेस्सीले विश्वकप जितेका थिए भने एमबाप्पे फाइनलसम्म पुगेका थिए।

हालान्डले घरेलु लिग र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन्। त्यसअघि पहिलो चरणमा १२ जनाको नाम सर्टलिस्ट गरिएको थियो।

महिलातर्फ ऐताना बोनमाती, लिना काइसेडो र जेनीफर हर्मोसो परेका छन्। सन् २०२३ को डिसेम्बर १९ देखि २०२३ को अगष्ट २० तारिखसम्म गरेको प्रदर्शनका आधारमा पुरुषतर्फको विजेता टुंगो लाग्ने छ। मेस्सी र एमबाप्पे दुवैले उक्त अवधिमा भने विश्वकपको सफलता भने प्राप्त गरेका होइनन्।

महिलातर्फ सन् २०२२ को अगष्ट १ देखि सन् २०२३ को अगष्ट २० सम्मको प्रदर्शनलाई आधार मानिने छ।

राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, पत्रकार र समर्थकले भोट गरी विजेताको टुंगो लगाउनेछन् । एमबाप्पे र हालान्डले हालसम्म फिफा वर्ष खेलाडी अवार्ड जित्न सकेका छैनन्।

मेस्सी आठौँपटक फिफा वर्ष खेलाडी बन्ने प्रयासमा छन्। उनले अर्को प्रतिष्ठित अवार्ड बेलोन डीअर यो सिजन जितिसकेका छन्। उनले यो अवार्ड आठौँपटक हात पारेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *