झुलाघाट-चिवाभञ्ज्याङ यात्राले एमालेको जनाधार मजबुत बनाउन सहयोग गर्‍यो : उपमहासचिव ज्ञवाली – Nepal Press

झुलाघाट-चिवाभञ्ज्याङ यात्राले एमालेको जनाधार मजबुत बनाउन सहयोग गर्‍यो : उपमहासचिव ज्ञवाली

दलहरूलाई आग्रह- भागबन्डाको राजनीति छाडेर जनताको बीचमा जाऔँ

काठमाडौं । नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सबै दलहरू राजधानीमा बसेर भागबन्डाको राजनीतिमा रमाउनुभन्दा जनताको माझमा आउन आग्रह गरेका छन् ।

गाउँमा सम्भावना र स्रोतहरू भए पनि नीति निर्माताको नजर नपरेको उल्लेख गर्दै उनले देश बनाउन सबै दलहरू स्वस्थ प्रतिस्पर्धामा आउनुपर्ने बताए ।

उनले भने, ‘सबै दलहरूलाई आग्रह गर्दछु । राजधानीमा बसेर भागबन्डाको राजनीति गर्नुभन्दा पनि जनताको माझमा आउनुहोस् । स्वस्थ प्रतिस्पर्धा गरौँ । युवा केन्द्रित कार्यक्रम ल्याउन जरुरी देखियो । सत्ता पक्ष र प्रतिपक्ष दुवैले । नत्र गाउँहरू रित्तिने अवस्था देखियो ।’

झुलाघाट-चिवाभन्ज्याङ अभियानले एमालेको जनाधारलाई मजबुत बनाउन सहयोग गरेको उल्लेख गर्दै ज्ञवालीले देश बनाउन एमालेबाहेक अर्को शक्ति देशमा नभएको बुझाइ जनतामा रहेको दाबी गरे ।

जनताले नेताहरूको कार्यशैलीमा सुधार गर्दै जनप्रतिनिधि नजिक भएको हेर्न चाहेको सुझाव जनताबाट आफूहरूले पाएको उनले बताए ।

पहिचानवादीहरूतर्फ संकेत गर्दै उनले हिंसाबाट पहिचान नबन्ने बताए । भारतको मणिपुरलगायत द्वन्द्वग्रस्त क्षेत्रको उदाहरण दिँदै उनले समाजमा तिक्तता बढाउने भन्दा पनि समाज निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “झुलाघाट-चिवाभञ्ज्याङ यात्राले एमालेको जनाधार मजबुत बनाउन सहयोग गर्‍यो : उपमहासचिव ज्ञवाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर