जेलबाट छुट्न बालकृष्ण खाणले देखाए बैंक ग्यारेन्टी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा छुट्ने आदेश भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणले बैंक ग्यारेन्टी देखाएका छन् । उनी ३० लाख रुपैयाँ धरौटी बापतको रकम बैंक ग्यारेन्टी राखेर छुट्न लागेका हुन् । धरौटी बुझाएको पत्र कारागारले पठाएपछि उनलाई काठमाडौं जिल्ला अदालत पठाउने छ ।
अदालतले तारेखमा राखेपछि खाणलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरीले लैजानेछ । सम्भवत: यी दुवै निकायले खाणसँग धरौटी माग्नेछन् । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँचवटा कसुर लगाएर खाणसहित करिब तीन दर्जन व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनाएपछि पठाएपछि खाण त्यसविरुद्ध उच्च अदालत पुगेका थिए ।
यस्तै निर्णय थर जनताले तिमीहरूलाई नै पत्याउलान्!