ब्राउनसुगर र पेस्तोलसहित भक्तपुरबाट २ जना पक्राउ
नेपाल प्रेस
२०८० मंसिर २९ गते १५:२३
काठमाडौं । भक्तपुरको सूर्यविनायकबाट पेस्तोल र ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलामका चिरन्जिवी सिन्चुरी र नवलपुरका ३१ वर्षीय लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाको साथबाट ५ ग्राम ब्राउन सुगर तथा ५ राउन्ड गोली लोड भएको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर