‘कांग्रेस नै सामेल सरकारको कुशासनबाट देश थला पर्‍यो, टुलुटुलु हेरेर बस्न सक्दैनौं’ (भिडिओ) – Nepal Press

‘कांग्रेस नै सामेल सरकारको कुशासनबाट देश थला पर्‍यो, टुलुटुलु हेरेर बस्न सक्दैनौं’ (भिडिओ)

गगन थापा भन्छन्- एक समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनु हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले नागरिक कुशासनबाट आजित भएको भन्दै पार्टीले यसलाई रोक्नुपर्ने बताएका छन् ।

स्थानीय तहदेखि संघसम्मको सरकारमा कांग्रेस सामेल भएकाले सरकारको गलत कामको जिम्मा लिनुपर्ने उनको भनाइ छ ।

‘कुशासनबाट देश थला परेको छ । हप्तामा एउटा कुनै न कुनै प्रकरण आउँछ र सिङगो देश तातिन्छ । सरकारमा भएपनि सरकारले गरेका गलत काममा प्रश्न उठाई राख्यौं भने स्वतन्त्र रूपमा गर्ने गलत कामलाई थोरै भए पनि रोक्न सकिन्छ । कांग्रेस पार्टीले पनि निर्णय गर्ने तर कार्यान्वयन गर्ने काम गर्नुपर्छ । त्यो भइराखेको छैन’, उनले भने ।

फेरि सीमित व्यक्तिलाई पोस्न नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिन लागिएको उनको आरोप छ । सरकार भाषण सुशासनको गर्ने अनि निर्णय कुशासनको गरिरहेकाले प्रधानमन्त्रीलाई सचेत गराएको थापाको भनाइ छ ।

थनले भने, ‘नेपाल स्टक एक्सेन्जको अनुमति दिनुभन्दा पहिला पुँजीबजारको अवस्थाबारे अध्ययन गरेर कसरी र किन दिने भनेर निर्क्यौद्य गरेपछि मात्रै दिनुपर्छ भन्ने नेपाल सरकारको निष्कर्ष हो । त्यसैको आधारमा धितोपत्र बोर्डलाई भन्यो । संसदको समितिले पनि ठिक हो भनेर नदिनु भन्यो । त्यसको केही समयपछि संसदको त्यही समितिले दिनु भनेर निर्देशन दिएको देखिन्छ । यो कुरालाई आड लगाएर केही कुरा सुनिरहेका छौं । धितोपत्र बोर्डको नेतृत्व बिदा हुन केही दिन बाँकी छ । यस्तो बेलामा विदा बस्ने चलन हुन्छ । तर, अहिले रातारात गरेर एक खालको दबाब सिर्जना गरिँदै छ ।’

यस्ता गलत क्रियाकलापमा पार्टीकै सहभागिता देखिएको भन्दै उनले कांग्रेसको उपस्थितिमा कुशासन रोक्न नसक्ने होकी भन्ने नागरिकलाई लाग्न थालेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर