६ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस
काठमाडौं । ६ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्राविधिकतर्फ ६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
जसमा नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह अन्तरगत इरिगेशन उपसमूहतर्फ जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिव शंकर थापामगर र मिनराज ढकाल सोहि उपसमूहतर्फको सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै कार्यक्षमताकै आधाारमा नेपाल कृषि सेवातर्फ कृषि प्रसार (एग्री एक्सटेन्सन) समूहतर्फ उपसचिव टिकाराम थापा, कार्यक्षमताकै आधारमा नेपाल कृषि सेवातर्फकै लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलमेण्ड समूहतर्फ उपसचिव डा.प्रदिपचन्द्र भट्टराई र कार्यक्षमताको आधारमा नेपाल कृषि सेवाकै भेटेनरी समूहतर्फका उपसचिव विनयकुमार कर्ण सोहि समूहको सहसचिव बढुवाका लागि सिफारिस भएका छन् ।
यसतै नेपाल वन सेवाको जनरल फरेष्ट्री समूहतर्फ दीर्घनारायण कोइराला सोहि समूहको सहसचिवतर्फ बढुवाका लागि सिफारिस भएका छन् ।
सहसचिव बढुवाका लागि सिफारिस भएकामाथि चित्त नबुझेमा अबको ३५ दिनभित्र बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने छ । यदि कोही कसैको उजुरी नपरेमा दुवै जनालाई सरकारले सहसचिवमा बढुवा गर्नेछ ।