अर्सदिप र आभेसको धारिलो बलिङ, पहिलो एक दिवसीयमा ११६ रनमै अलआउट भयो दक्षिण अफ्रिका
काठमाडौं । दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा ११७ रनको लक्ष्य पाएको छ ।
पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २७.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन मात्र जोड्न सक्यो । भारतका अर्सदिप सिंहले ५ र आभेश खानले ४ विकेट लिए ।
दक्षिण अफ्रिकाका भरपर्दा ३ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । रिजा हेन्ड्रिक्स, रस्सी भान डर डुसेन र वियान मुल्डरले रन जोड्न नसकेका हुन् । टोनी डे जर्जीले २८, कप्तान एइडन मक्रमले १२ र विकेटकिपर हेनरिच क्लासेनले ६ रन जोडे । डेभिड वार्नरले २ रनमात्र बनाउन सके ।
अर्सदिपले १० ओभरमा ३७ र आभेसले ८ ओभरमा २७ रन खर्चिए । शीर्ष तीन ब्याट्सम्यानलाई अर्सदिप र त्यसपछिका क्रमशः ४ ब्याट्सम्यानलाई आभेशले आउट गरेका थिए । भारत हालै सम्पन्न विश्वकपमा फाइनलसम्म पुगेको थियो ।