प्रधानमन्त्री कप महिला क्रिकेटका लागि गण्डकी प्रदेश टोलीको घोषणा – Nepal Press

प्रधानमन्त्री कप महिला क्रिकेटका लागि गण्डकी प्रदेश टोलीको घोषणा

पोखरा । पुस ५ गते सुरु हुने प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको १४ सदस्यीय टोली घोषणा गरिएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंसिर २६ देखि २९ गतेसम्म भएको छनोट प्रतियोगिताबाट गण्डकीले पीएम कप खेल्ने १४ सदस्यीय टोली घोषणा गरेको हो ।

पीएम कप महिला टी-२० राष्ट्रिय प्रतियोगिता पुस ५ देखि १७ गतेसम्म मूलपानी र टीयु क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपीएफ क्लबको सहभागिता रहनेछ ।

पहिलो पटक राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा सबै टोलीले एक-अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

गण्डकीको टोली : कुसुम गोदार, अञ्जली विश्वकर्मा, सिमाना केसी, सृजना पौडेल, सृष्टि पौडेल, सुमन खतिवडा, ज्यात्स्निका मरासिनी, निरु जिटी, आकृति तिवारी, सेर्निया थापा, शिला रेग्मी क्षेत्री, श्रेया शाही, रचना पौडेल र आर्मिनी अधिकारी ।

वैकल्पिक : श्रेया शर्मा, धनाकुमारी क्षेत्री, कृषा आखेली र सुशीला भट्टराई ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *