दुई जिल्लाका सीडीओसहित चार उपसचिवको सरुवा – Nepal Press

दुई जिल्लाका सीडीओसहित चार उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित चार जना उपसचिवको सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै दुई उपसचिवलाई म्याग्दी र बैतडीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाएका हुन् ।

गृह मन्त्रालयमा कार्यरत उपसचिव भिमकान्त शर्मालाई बैतडी र उपसचिव लक्ष्मण ढकाललाई म्याग्दी सरुवा गरिएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपसचिव सुवास पौडेललाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ भने उपसचिव महेशकुमार गुरुङलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर