मनहरीमा जङ्गली हात्तीको आतंक
नेपाल प्रेस
२०८० पुष २ गते १३:२२
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित जङ्गली हात्तीले आतंक मच्चाएको छ ।
हात्तीको आक्रमणबाट स्थानीय बासिन्दाको घर र गोठमा क्षति पुगेको छ ।
आइतबार राति ८ः ३० बजेतिर जङ्गली हात्ती आई टल्के चेपाङको जस्ता र ढुङ्गा माटोले बनेको एक तले घर पूर्ण रूपमा क्षति पुर्याएको छ भने राम बहादुर तामाङको गोठ आंशिकरूपमा क्षति पुगेको छ ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी, पर्सा राष्ट्रिय निकुञ्जको टोली र नेपाली सेनाको टोली तत्काल खटिएका थिए ।
स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको र कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर