पोखरामा कांग्रेस गण्डकी प्रदेश सम्मेलन सुरु
पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश प्रथम प्रदेश सम्मेलन पोखरा सभागृहमा मङ्गलवारदेखि सुरु भएको छ ।
बुधवारसम्म चल्ने सम्मेलनको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
सम्मेलनमा देउवा, डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, केन्द्रीय सदस्यसहित प्रदेशका सभापतिहरू पनि सहभागी छन् ।
सम्मेलनमा केन्द्रीय नेतासहित प्रदेशका सभापतिले पनि सम्बोधन गर्नेछन् ।
कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भनिएपनि २ घण्टा ढिलो गरी कार्यक्रम सुरु भएको हो ।
सम्मेलनमा प्रदेशभरबाट करिव ५ सय प्रतिनिधि सहभागी छन् ।