शेखर कोइरालाले भने- म पनि कुनै गुटको प्रतिनिधित्व गर्छु, गुटले पार्टीलाई कमजोर बनाउनु हुन्न – Nepal Press

शेखर कोइरालाले भने- म पनि कुनै गुटको प्रतिनिधित्व गर्छु, गुटले पार्टीलाई कमजोर बनाउनु हुन्न

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गुटलाई वैचारिक गुट बनाउनु आवश्यक रहेको बताएका छन् । पोखरामा जारी कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा नेता कोइरालाले गुटले पार्टीलाई कमजोर बनाएको बन्दै गुटलाइउ वैचारिक गुटमा परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन् ।

‘म पनि कुनै गुटको प्रतिनिधित्व गर्छु, गुटले पार्टीलाई कमजोर बनाउनु हुन्न । गुटलाई वैचारिक गुट बनाउनु आवश्यक छ’, उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रिपोर्ट कार्ड आवश्यक रहेको नेता कोइरालाले सुनाए ।

‘प्रधानमन्त्रीज्युले मन्त्रीहरुको रिपोर्ट कार्ड मागिराख्नु भएको छ । संसदीय व्यवस्थामा प्रधानमन्त्री सर्वैसर्वा हुनुहुन्छ । म त प्रधानमन्त्री रिपोर्ट मागिरहेको छु । यो एक वर्षमा के के काम गर्नुभयो भनेर रिपोर्ट कार्ड लिन आवश्यक छ’, उनले भने

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर