मन्त्रीको प्रेस संयोजकले किन जागिर खानुपर्यो ?
शहर, यो शब्द आफैंमा सबैका लागि आकर्षक हो । जीवनको कुनै न कुनै क्षण सायदै सबैलाई लाग्छ होला, ‘म पनि शहर’ गएर केही गर्छु भनेर । किनकि शहरमा सेवा, सुविधा हुन्छ । त्योभन्दा बढी अवसरको सम्भावना हुन्छ भन्ने बुझाइ छ । सोही बुझाइ मेरो पनि थियो । त्यसैले वर्षौंदेखि मनमा पालिरहेको शहर पस्ने चाहना पूरा गर्दै विसं २०७३ सालमा शहर (काठमाडौं)को यात्रा तय गरे । त्यसो त मेरो गृहजिल्ला दाङको घोराही पनि आफैंमा विकसित हुँदै गरेको सुन्दर शहर हो । जहाँ हामी दशक बढी भाडाको कोठामा बसेर संघर्ष गर्यौं । सोही शहर घोराहीमा दुःख गरेर म मुलुककै सबैभन्दा ठूलो शहर राजधानी काठमाडौं प्रदेश गरें ।
सायद साउनको महिना थियो । कालो साउन (गाउँघरमा अशुभको रुपमा चित्रित गरिन्छ)मा आमाका हामी दुई छोरी (म र कान्छी बहिनी)ले घर बाहिरको यात्रा तय गरेका थियौं । अर्थात् आमाको काख छाड्दै थानका थान सपना बोकेर नयाँ यात्राको तय गर्यौं । उमेरले करिब अढाई दशकको छेउछाउ भेटे पनि म आमाका लागि बालख नै थिएँ । त्यसै पनि छोरीहरू आमाको निकट हुन्छन् । हामी दिदीबहिनीले आमालाई रुवाउँदै काठमाडौंका लागि नाइट बसको यात्रा तय गर्यौं । साथमा खर्चपानी पनि धेरै थिएन । अफिस (गणतन्त्र दैनिक नामक स्थानीय पत्रिका)का कर्मचारी मिलेर निर्माण गरेको बचत समूहमा जम्मा भएको केही रकम लिएर म सबैको सपनाको शहर काठमाडौं प्रवेश गरेको थिएँ ।
जागिरको कुनै टुंगो थिएन । तर, डेरा भने लिएको थिएँ । केही दिनमा जागिर पनि पाइयो । नयाँ अनलाइन मिडियाका रुपमा खुलेको थाहाखबर डटकममा मैले काम गर्ने अवसर पाएँ । एक दशकको पत्रकारिता यात्रा तय गरेको भए पनि काठमाडौंमा नयाँ शिराबाट संघर्षको थालनी गर्नुपर्ने थियो । जिल्लामा सबैखाले रिपोर्टिङ गर्नुपर्ने भएकाले बिट (विषय विज्ञता)का हिसाबले झन् शून्यप्रायः थिएँ । सम्पादक दाजुहरू (तीर्थ कोइराला र अर्जुन खड्का)ले मैले मागेको राजनीतिक बिट दिनुभयो । राजनीतिक बिटमा काम गर्न सहकर्मी बुद्ध लोप्चनले सुझाउनुभएको थियो ।
केही दिनमा जागिर पनि पाइयो । नयाँ अनलाइन मिडियाका रुपमा खुलेको थाहाखबर डटकममा मैले काम गर्ने अवसर पाएँ । एक दशकको पत्रकारिता यात्रा तय गरेको भए पनि काठमाडौंमा नयाँ शिराबाट संघर्षको थालनी गर्नुपर्ने थियो ।
राजनीतिक बिटमा काम गर्ने पत्रकार महिलाहरू निकै न्यून रहेको समयमा यो बिट मेरा लागि बिल्कुलै नयाँ थियो, त्यत्तिकै चुनौतीपूर्ण पनि । तर पनि उक्त मिडिया हाउस र बिटले मलाई राजधानीमा म हुनु र नहुनुको परिचय दिलायो । त्यसै पनि त्यतिबेला औंलामा गन्न सकिने अनलाइन मिडिया थिए । जसका कारण एक्सपोजरका हिसाबले पनि उक्त मिडिया मेरा लागि सही साबित भयो ।
यसबीचमा मैले तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र केही समय कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालको सचिवालयमा प्रेस संयोजकको रुपमा काम गरें । अनलाइन पत्रकारिताको भर्भराउँदो करिअर छाडेर प्रेस संयोजक बन्न गएकी थिएँ । समय क्रमसँगै करिब डेढ दशक स्वतन्त्र पन्छी जस्तै उड्दै पत्रकारिता गरेको आदत, बिल्कुल एउटा कार्यालयमा दिनभर बसेर जागिर खान मन मर्दै गयो । केही समयमै उक्त कामबाट कतिबेला निस्किउँ नभएको होइन । तर, हामीकहाँ राम्रै मनले बाहिरिँदा पनि गल्ती गरेर निकालियो होला भन्ने सम्भावित आरोपबाट बच्न उहाँको अन्तिम कार्यकालसम्म काम गरें । यद्यपि त्यहाँ रहँदा पनि मैले इमानदारीपूर्वक नै काम गरें भन्ने लाग्छ ।
यसबीचमा मेरो व्यक्तिगत जीवनमा धेरै परिवर्तन आइसकेको थियो । विवाह भएको केही समयमै विश्वव्यापी महामारी कोभिड १९ का कारण मुलुक लकडाउनको अवस्थामा पुग्यो । तर, सत्तामा रहेका मन्त्रीहरूको काम कोभिडको कारणले रोकिने कुरा भएन, झन् सक्रियता बढिरहेको थियो । उतातिर अर्कै जिम्मेवारी भए पनि मलाई मेरो बाइलाइन मिस भइरहेको थियो । त्यसैले कोभिडकै बीचमा एउटा अनलाइनमा जोडिएर काम गरें । त्यो संस्थाले मलाई अफिस नआएरै स्टोरी लेखेर पठाउने काम दियो । त्यसपछि करिब एक वर्ष त्यो अनलाइनमा काम गरें र पारिश्रमिक पनि लिएँ ।
मुलुकमा लकडाउन चरमोत्कर्षमा पुगेको थियो । दोस्रो लकडाउनतिर हुनसक्छ, देशभरका सबैजसो अस्पताल कोभिडका बिरामीले भरिएका थिए । यहीबीचमा म पहिलो पटक आमा बन्ने चरणमा थिएँ । गर्भवती अवस्थामा पनि प्रेस संयोजक र अनलाइनमा समाचार स्टोरी लेख्ने दुवै काम गरिरहेको थिएँ ।
मुलुकमा लकडाउन चरमोत्कर्षमा पुगेको थियो । दोस्रो लकडाउनतिर हुनसक्छ, देशभरका सबैजसो अस्पताल कोभिडका बिरामीले भरिएका थिए । यहीबीचमा म पहिलो पटक आमा बन्ने चरणमा थिएँ । गर्भवती अवस्थामा पनि प्रेस संयोजक र अनलाइनमा समाचार स्टोरी लेख्ने दुवै काम गरिरहेको थिएँ । २०७८ सालमा केपी ओली सरकार बहिर्गमित भयो । त्यसपछि मेरो प्रेस संयोजकको काम पनि सकियो । त्यसै पनि मेरो डेलिभरीको समय आइसकेको थियो । २०७८ असार २१ गते हाम्रो पहिलो सन्तानको रुपमा दीक्षान्तको जन्म भयो । सरकार ढलेपछि जागिरविहीन भएको थिएँ । सँगै मेरो प्रेग्नेन्सी र सुत्केरीको कारण देखाउँदै अनलाइनले पनि बहिर्गमन गरेको थियो । पहिलो पटक मातृत्वको अनुभव प्राप्त गर्न सकेकोमा छुट्टै उमंगमा थिएँ । तर, काठमाडौंमा भाडाको बसाइ र घर खर्च पनि चलाउनुपर्ने भएकाले केही तनाव नभएको होइन । तैपनि ९ महिनासम्म घरमै बच्चा स्याहारेर बिताए ।
तर, समय सधैं एकनासको कहाँ हुन्छ र ! काठमाडौंमा बस्न पनि केही त गर्नैपर्ने थियो । त्यसै पनि अब त हाम्रा लागि सन्तानको जिम्मेवारी थपिएको थियो । आफ्ना लागि नभए पनि हामीले उसका लागि बाँच्नुपर्ने थियो । सुत्केरी समयमा तौल पनि निकै बढेर गएको थियो । लामो समय नलेखी बसेका कारण केही अलमल पनि थियो । तैपनि कामको खोजीमा बाहिर निस्किएँ । काम खोज्दै जाँदा साथीभाइ, सहकर्मी सबैलाई गुहारें । तर, उत्तर चित्तबुझ्दो थिएन । धेरै शुभचिन्तकको उत्तर केही समय बच्चा हेरेर बस्नुस् न, बच्चालाई समय दिनुस् न भन्ने हुन्थ्यो । तर, मेरो बाध्यता त आफैंसँग थियो ।
कामको खोजी गर्दै जाँदा त्यहाँबाट खाली हातमात्रै होइन, व्यवहार पनि फरक पाएँ । हिजोका दिनमा निकट रहेकाहरूको व्यवहार पनि फरक भेटें । यतिसम्म कि मन्त्रीको प्रेस संयोजक बसेको मान्छेले किन जागिर खानुपर्यो ? मन्त्रीले दिँदैनन् र ? मन्त्रालयमा बस्दा कमाउनुभएन र ? पैसा त टन्नै कमाउनुभयो होला नि ! लगायतका ब्लाब्ला कुराहरू भन्थे । कतिपयले तपाईं मजाक नगर्नुस् न समेत भने ।
कतिपयले ५-६ महिना प्रेस संयोजक बस्नेहरूले अपार्टमेन्ट, घरघडेरी जोडिसके, तपाईंले के कुरा गरेको भने । आफूलाई यहाँ ५० प्रतिशत डाउन पेमेन्ट पनि सहकारीको ऋण निकालेर किनेको स्टुकटरको किस्ता तिर्न हम्मेहम्मे परिरहेको थियो । तर, मान्छेको तर्क र बुझाइ भने अनेक थिए । केहीले त यतिसम्म भने कि ठाउँमा पुगेर पनि केही गर्न नसक्ने मान्छे किन गएको त ?
तैपनि कामको खोजीमा बाहिर निस्किएँ । काम खोज्दै जाँदा साथीभाइ, सहकर्मी सबैलाई गुहारें । तर, उत्तर चित्तबुझ्दो थिएन । धेरै शुभचिन्तकको उत्तर केही समय बच्चा हेरेर बस्नुस् न, बच्चालाई समय दिनुस् न भन्ने हुन्थ्यो । तर, मेरो बाध्यता त आफैंसँग थियो ।
तर, म आफ्नो व्यथा आफैंसँग छ भन्दै कामको खोजीमा लागिरहेको थिएँ । लेख्ने थकथक मेटाउन हिमालखबरको अनलाइनमा स्टोरीहरू लेख्न थालें । हिमालले पेमेन्ट ठीकै गर्ने भएकाले मेरो मोबाइल खर्च चैं निस्कन्थ्यो । तर, यसले घर खर्च चल्ने कुरा भएन । त्यसैले केही समय एउटा अनलाइनमा काम गरें । त्यहाँ पनि भने जस्तो नभएपछि बाहिरिएँ । यसबीचमा केही अनलाइनहरूमा काम गरें । पछिल्लो समय एउटा नयाँ अनलाइनको तीन महिने सम्पादकसमेत भएँ । तर, त्यहाँ पनि परिस्थितिले छाडेर बाहिरिए सामूहिक रुपमै ।
अहिले तीन महिनायता खाली छु । केही एकेडेमिक आर्टिकलहरूमा काम गर्दै बच्चासँग समय बिताइरहेको छु । तर, अहिलेसम्म पनि मलाई ती कमजोर (कमजोर यस अर्थमा कि सुत्केरी समयमा हर्मोनका कारण पनि महिलाहरू बढी भावुक र चित्त दुखाउने गर्छन्) समयमा प्राप्त गरेका सुझाव र टिप्पणी सम्झेर अचम्म लाग्छ । किनकि तपाईंले सबैभन्दा कमजोर समयमा साथ, सहयोग र सपोर्ट बढीभन्दा बढी पाउनुपर्ने समयमा तपाईं एक्लो जस्तो हुनुहुँदो रहेछ । यो समयमा तपाईंसँग हिजो अघिपछि लाग्नेहरू नहुँदा एक्लो महसुस हुँदोरहेछ । हुनैपर्छ भन्ने पनि छैन । किनभने यो शहर यति व्यस्त छ कि यहाँ कसैलाई कसैको बारेमा सोच्ने फुर्सद छैन ।
म आफूलाई के कुरामा गर्व गर्छु भने मसँग आज घर, जग्गा, गाडी, पैसा केही पनि छैन होला । तर, मसँग सबैभन्दा ठूलो कुरा इमान छ । केही समय सरकारी तलब खाएँ पनि आज कसैले प्रश्न उठाउन सक्दैन । जुन स्वाभीमानका निम्ति मैले सारा जीवन खर्चिएँ । त्यसका लागि भने मलाई म आफैंप्रति गर्व छ ।