घोडाघोडी चिनाउन महोत्सव आयोजना गरिँदै – Nepal Press

घोडाघोडी चिनाउन महोत्सव आयोजना गरिँदै

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । घोडाघोडी क्षेत्रको पहिचान प्रवर्द्धन र प्रचार प्रसारको लागि घोडाघोडी सामाजिक सरोकार केन्द्रले महोत्सवको आयोजन गर्न लागेको जनाएको छ ।

मंगलवार सुखडमा पत्रकार सम्मेलनको आयोजना गर्दै पौष २६ देखि महोत्सव सुरु हुने जानकारी गराइएको हो । ‘कृषि पर्यटन उद्योग र व्यापार, समृद्ध घोडाघोडीको आधार’ भन्ने मूल नाराका साथ सुरु हुने महोत्सव माघ ६ गते सम्म सञ्चालन हुने आयोजक संस्थाका उपाध्यक्ष हुकुम आचार्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन ।

महोत्सव आयोजना गर्नका लागि यस क्षेत्रमा चुनौती रहेको बताउँदै संस्थाका सचिव वीरेन्द्र जिसिले महोत्सव सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

विगत ४ वर्षदेखि यस नगरपालिकामा रहेर संस्थाले काम गरिरहेको बताउँदै जिसिले भने, ‘केही दिन पहिले मात्रै हामीलाई यो संस्था हस्तान्तरण गरिएको हो महोत्सव सफल पार्नका लागि स्थानीय तह लगायतका सङ्ग सहकार्य गरिरहेका छौ । ’

कला संस्कृति र पर्यटनलाई उजागर गर्नका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने मूल आयोजक कमिटीका संयोजक नवीन क्षेत्रीले बताए । महोत्सवमा यहाँका पर्यटकीय क्षेत्रका पोस्टर राखिनुका साथै रमाइलो मेला,मगर गाउँ थारु गाउँ, देउडा,थारु नाच लगायत विभिन्न संस्कृति झल्किने प्रस्तुति सङ्गै ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारण लाई एक सय, विद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *