४० यूपी सेगमेन्टको प्रिमियम ‘एरिष्टोक्र्याट’ बजारमा
काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ ।
उच्चकोटीको नेपाली ग्रेन स्पिरिट र स्कटिश मल्टको समिश्रणबाट यो मदिरा तयार गरिएको कपनीले जनाएको छ । कम्पनीका अनुसार हल्का सुनौलो रङ्गमा ब्लेण्डमा मीठो सुक्ष्म भेनिला र हल्का ओकको सुगन्ध, एक प्रिमियम ह्वीस्कीजस्तै हल्का फ्रुटी नोटमा उपलब्ध छ ।
‘खुकुरी रम’ को उत्पादक दि नेपाल डिष्टिलरिजका लागि विशेषरूपमा तयार गरिएको छ । बोतलको आकार ऐतिहासिक युरोपिय महलका स्तम्भबाट प्रेरित छ ।
आफ्ना उपभोक्ताहरुको माग तथा प्रिमियम मदिरातर्फको आकर्षणलाई ध्यानमा राख्दै नेपाली मौलिक स्वादलाई कायमै राखी यो उत्पादन तयार गरिएको दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए ।
उनका अनुसार कम्पनीको पोर्टफोलियोमा पहिलो ४० यूपीको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ लाई विकास गर्नुअघि र पछि २ वर्षभन्दा बढी समय लगाएर व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरू सञ्चालन गरिएका थिए । प्रत्येक पटकको परीक्षणमा सहभागी उपभोक्ताहरुबाट उत्साहजनक प्रतिक्रियाहरु प्राप्त भएका थिए । भने, ४० यूपीको मदिरामा एबीभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ ।