नेपाल प्रो क्लब च्याम्पियनसिपमा पर्साको रोमाञ्चक जीत, सन्दीप बने प्लेयर अफ द म्याच
काठमाडौं । नेपाल प्रो क्लब च्याम्पियनसिपमा उत्तर प्रदेश ११ सन्दीप लामिछानेको कप्तानीमा रहेको पर्साले रोमाञ्चक जीत निकालेको छ ।
नारायणी क्रिकेट ग्राउन्ड वीरगञ्जमा जीतको लागि ६७ रनको लक्ष्य पछ्याएको पर्साले १६ ओभर ३ बलमा ९ विकेट गुमाउँदै पूरा गरेको हो । पर्साका लागि अनिलकुमार शाहले सर्वाधिक १८ रन बनाए । कप्तान लामिछानेले १२ रन बनाए ।
बलिङतर्फ उत्तरप्रदेशका भीम शर्मा, ठाकुर कुमार र वाशी अन्सारीले २-२ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको उत्तर प्रदेश ११ १६ ओभरमा ६६ रनमै समेटिएको थियो । उत्तरप्रदेशको लागि समीर अन्सारीले २४, ठाकुर र जयदेव सिंहले १२-१२ रन बनाए ।
उत्तरप्रदेशलाई सस्तोमै समेट्न कप्तान लामिछानेले ३ विकेट लिए । यसका लागि उनले ४ ओभरमा १ मेडनसहित २९ रन खर्चेका थिए । सन्दीप प्लेयर अफ द म्याच चुनिए ।
पवन सरार्फ, रञ्जित कुमार र रुपेश सिंहले २-२ विकेट लिए ।