फिफा र यूईएफएले युरोपियन सुपर लिग खेल्ने क्लबलाई प्रतिबन्ध लगाउनु शक्तिको दुरुपयोग हुने अदालतको फैसला – Nepal Press

फिफा र यूईएफएले युरोपियन सुपर लिग खेल्ने क्लबलाई प्रतिबन्ध लगाउनु शक्तिको दुरुपयोग हुने अदालतको फैसला

काठमाडौं। युरोपियन कोर्ट अफ जस्टिसले प्रस्तावित युरोपियन सुपर लिग फुटबल आयोजकको पक्षमा फैसला गरेको छ।

यसअघि युरोपियन सुपर लिग फुटबल आयोजनाको कुरा उठेपछि त्यस प्रतियोगितामा सहभागी हुने क्लबहरुलाई प्रतिबन्ध लगाइने चेतावनी दिइएको थियो।

त्यसपछि सुपर लिगका आयोजक अदालत पुगेका थिए। विश्व फुटबल महासंघ(फिफा) र युरोपेली फुटबल महासंघ(यूईएफएल)ले प्रतिबन्ध लगाउनु शक्तिको दुरुपयोग हुने अदालतको ठहर छ। यसले युरोपेली सुपर लिग पक्षधरलाई राहत मिलेको छ।

युरोपमा यूईएफएले युरोपियन च्याम्पियन्स लिग, युरोपा लिग, युरोपियन सुपर कपजस्ता महादेशीय क्लब प्रतियोगिताहरु आयोजना गर्दै आएको छ।

युरोपियन सुपर लिगलाई इङ्लिस प्रिमियर लिगका आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, स्पेनको ला लिगाका एट्लेटिको म्याड्रिड, बार्सिलोना र रियल म्याड्रिड तथा इटालियन सिरि एका एसी मिलान, इन्टर मिलान र युभेन्ट्सले समर्थन गरेका थिए। त्यस विषयमा युईएफएले केही क्लबलाई कारबाहीसमेत गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *