ह्विलचेयरमा बसेर श्रीमतीको उपचार गर्दै छवि, आर्थिक अभावले रोकियो शल्यक्रिया – Nepal Press

ह्विलचेयरमा बसेर श्रीमतीको उपचार गर्दै छवि, आर्थिक अभावले रोकियो शल्यक्रिया

कैलाली । कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ कि तारा कुमारी चौधरीको आर्थिक अभावको कारण उपचारमा समस्या देखिएको छ ।

उपचार खर्च पुराउन नसक्दा शल्यक्रिया नभएको उनका श्रीमान् छविलाल चौधरीले जानकारी दिए । बिहीबार दुई खुट्टामा स्टिलको प्लेट राख्न ५ लाख रुपैयाँ जम्मा गर्न डाक्टरले भनेको तर आफूसँग त्यो पैसा नहुँदा उपचार रोकिएको उनले पीडा पोखे ।

छविलाल अपाङ्ग छन् । केही समय लेखी अपाङ्ग भए पनि श्रम र सीपले गुजरा चलाइरहेको यो परिवारमा अहिले उपचारको लागि चरम आर्थिक अभाव सृजना भएको छ ।

सिकलेसबाट ग्रसित भएर हिँडडुल गर्नै नसक्ने भएपछि अहिले ताराको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुवै खुट्टामा स्टिलको प्लेट राख्ने पैसा आफूसँग नभएको उनले बताए ।

अहिले तत्काल एउटा खुट्टामा स्टिलको प्लेट राखेर तीन महिनामा अर्को राख्न सक्ने सुझाव चिकित्सकले दिए पनि अहिले आफूसँग एउटा स्टिलको प्लेट राख्ने २ लाख ५० हजार समेत नभएको उनले बताए ।

उनले आर्थिक सहयोगको लागि कृषि विकास बैङ्कमा रहेको तारा कुमारी चौधरीको खाता नम्बर ०८-२२३-०३०६४५५४-०१-२ मा रकम जम्मा गर्न सक्ने जनाएका छन् ।

याे पनि पढ्नुस्: सीप, श्रम र सङ्घर्षबाट फेरिँदै छविलालको ‘छवि’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर