राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि ६७ जनाको आवेदन
काठमाडौं ।नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६७ जनाका लागि आवेदन खुलाएको छ । सहायक द्वितियदेखि अधिकृत तृतियसम्मका लागि आवेदन माग गरेको हो ।
आज एक सूचना सार्वजनिक गर्दै विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएको आवेदन माग गरिएको जनाएको छ । राष्ट्र बैकले प्रशासन तर्फ ५० र प्राविधिक तर्फ १७ जनाका लागि दरखास्त आव्हान गरेको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिहरुले तोकिएको दस्तुर तिरेर पुस २६ गते भित्र दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने माघ ४ गते भित्र आवेदन दिन पाउने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको वेभसाइटमा गएर अनलाइनबाट आवेदन भर्न पाइने व्यवस्था बैंकले गरेको छ।