लक्ष्मी ग्रुपको ५०औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफूमातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै आफ्नो ५०औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।
ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ५० जना बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
त्यस्तै ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गर्यो । जसमा १०० भन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए ।
लक्ष्मी ग्रुपअन्तर्गतको हुण्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन गर्यो । ग्रुपअन्तर्गतको सुजल डेरीले काठमाडौंस्थित गैरीधारामा रहेको हाप हेरिटेज इल्डर केयरमा दिवा खाजा खुवायो ।
सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारको रुपमा मिठाइ उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्शनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री वितरण र होम एप्लाएन्सेसलगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ ।