प्रधानमन्त्री कप जिल्ला छनोटमा सीईसीका विवेक तामाङको शतक, मनोज यादवको ८ विकेट
काठमाडौं। प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा शनिवार क्रिकेट एक्सिलेन्स सेन्टर(सीईसी) र फरेवर ब्याइज क्लब विजयी भएका छन्।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सीईसीले जेम्स थन्डर्स सीएलाई एक सय ६७ रनले हरायो। पहिला ब्याटिङ गरेको सीईसीले २५ ओभरमा ५ विकेट गुमाएर २ सय १ रन जोडेको थियो। सीईसीका लागि विवेक तामाङले एक सय , रित गौतमले ४६ र रोशन लामाले ३१ रन बनाए।
जेम्सले १२.४ ओभरमा सबै विकेट गुमाएर ३४ रनमा समेटियो। सिईसीका मनोज यादव एक्लैले ८ विकेट लिए। उनले ४.४ ओभरमा ११ रन मात्र खर्चिएका थिए। शतक बनाएका विवेक प्लेयर दी म्याच भए । अर्को खेलमा फरेवर ब्वाइजले हिमालयन सीएलाई ६ विकेटले हरायो । पहिला ब्याटिङ गरेको हिमालयन सीएले २४ ओभरमा ९ विकेट गुमाएर एक सय ४३ रन जोडेको थियो।
हिमालयनका विशाल पटेलले २९, दीपक बोहराले २६ र सन्देश नेपालले २८ रन बनाए । फरेवरले २१.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । विजयी टोलीका जान थापा एक्लैले ७१ रन बनाए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्लेयर दी म्याच घोषित जान थापालाई अवार्ड प्रदान गरेका थिए ।