व्यवसायी तड्पिरहेको बेलामा विद्युतको लाइन काट्नु राम्रो होइन: ओली (भिडिओ)
नेपाल प्रेस
२०८० पुष ८ गते १४:२०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्युतको बक्यौता उठाउन उद्योगीहरुको लाइन काटेकोप्रति असन्तुष्टि जनाएका छन् ।
मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउने क्रममा उनले सरकारसँग पैसा भएन भनेर बुल्डोजिङ गर्नु राम्रो नभएको बताए ।
ओलीले भने, ‘सरकारले डेडिकेटेड लाइनको नाममा पुरानो बिलअनुसार असुल गर्न खोज्दैछ । डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने ? उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत बन्द गर्ने काम उचित होइन । खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनुपर्छ । तर, सम्झौता एकातिर छ काम अर्कोतिर हुनुहुँदैन ।’
प्रतिक्रिया
सम्बन्धित खवर