सशस्त्र प्रहरी सुनसरीद्वारा ११ लाख रुपैयाँ बढीको भन्सार छलीको सामान बरामद – Nepal Press

सशस्त्र प्रहरी सुनसरीद्वारा ११ लाख रुपैयाँ बढीको भन्सार छलीको सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीले ११ लाख रुपैयाँ बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।

गणले विभिन्न सीमा इलाकाबाट भन्सार छली नेपाल भित्र्याइएका मुल्य ११ लाख तीन हजार ११० रुपैयाँ बराबरको अबैध समान र सवारी साधन बरामद गरेको सूचना अधिकारी नायब उपरीक्षक सुधिर खतिवडाले जानकारी दिए ।

सीमापार अपराध तथा अवैध चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल सुनसरीले समिा क्षेत्रमा अहोरात्र टोली परिचालन गरेको छ ।

सोही अनुसार परिचालन हुँदा सप्रबल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म कप्तानगंज,प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुर, बिओपी लौकही, बिओपी उल्टी, बिओपी लाही,बिओपी घुस्की, बिओपी साहेवगंज, बिओपी अमडुवा र बिओपी हार्वोनीबाट खटि गएको टोलिले सुनसरी जिल्लाको बिभिन्न सीमावर्ती इलाकामा भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका लत्ताकपडा, किराना सामान, प्याज, चिनी, सुर्ती, रजनीगन्धा, खोर्सानी, मो.सा र साईकलका पार्टस सहित मो.सा. र अटो बरामद गरेको छ।उक्त बरामद सामानहरु आवश्यक कारवाहीको लागि सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाइएको सप्रबल नेपाल नं.४ गणका गणपति सप्रउ लकेश कुमार तुम्बाहाङ्गफेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर