नवलपरासीमा निर्माणाधीन उद्योग भत्किँदा १० भारतीय मजदुर घाइते
नेपाल प्रेस
२०८० पुष ११ गते १९:५७
रुपन्देही । पश्चिम नवलपरासीमा निर्माणाधीन एक उद्योगको भवन भत्किँदा १० जना भारतीय मजदुर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहोराका अनुसार बर्दघाट नगरपालिका- १२ स्थित भटौलियामा निमार्णाधीन कजरिया टायल्स् उद्योगको ट्रष्ट भत्किएर उनीहरु घाइते भएका हुन् ।
उद्योगको संरचना निर्माणको काम भइरहँदा क्रेनले ट्रष्टमा ठक्कर दिँदा सो घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ९ जनाको चौपत्ता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई युनिर्भसल मेडिकल कलेज रुपन्देही पठाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर