७२ वटा अस्थायी आवास बनाएर जाजरकोटबाट फर्कियो तरूण दलको टोली
नेपाल प्रेस
२०८० पुष ११ गते २२:०१
काठमाडौं । जाजरकोटस्थित भूकम्प प्रभावितहरुका लागि अस्थायी टहरा बनाएर नेपाल तरुण दलको टोली फर्किएको छ ।
जिल्लाको भेरी नगरपालिका १, ३ र ४ को रिम्ना, पिपे, राउत गाउँ र खलंगामा ७२ वटा अस्थायी आवास निर्माण गरी दलको ५० जनाको समूह फर्किएको तरुण दलले जनाएको छ ।
पुनर्निर्माण अभियानअन्तर्गत नेपाल तरुण दलले अभियानको ९ दिन ७२ वटा अस्थायी आवास पूर्ण रुपले निर्माण गरेको हो ।
अध्यक्ष विद्वान गुरुङ नेतृत्वको टोलीले टीनसहितको बनाएको हो ।
भूकम्प प्रभावितका समस्याबारे जानकारी पनि लिएको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने दलका केज्द्रीय सदस्य दीपेन्द्र पोखरेलले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर