४ करोड ठगी आरोपमा सहकारी वित्तीय संस्थाका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर – Nepal Press

४ करोड ठगी आरोपमा सहकारी वित्तीय संस्थाका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल सहकारी वित्तीय संस्थाका अध्यक्षसहित ८ जनाविरुद्ध ठगी आरोपमा अभियोग पत्र दायर भएको छ ।

सहकारीमाथि एकै व्यक्तिको करिब ४ करोड रूपैयाँ ठगी गरेको आरोप लागेको छ । सुरेश चन्द पोदारले ३ करोड ८५ लाख ९० हजार रूपैयाँ ठगिएको भन्दै उक्त सहकारीविरुद्ध जाहेरी दिएका थिए ।

सहकारीका उपाध्यक्ष मोरङका ५० वर्षीय रोहित भट्टराई, अध्यक्ष झापा दमकका ७२ वर्षीय तुलसीप्रसाद भट्टराई, सचिव रामेछापका ६३ वर्षीय विष्णुप्रसाद गौतम, कोषाध्यक्ष रामेछापका ४३ वर्षीय लोकनाथ गौतम, सदस्य पर्वतका ४१ वर्षीय प्रमोद खनाल, सदस्य गोरखाकी ३५ वर्षीया सृजना पन्त र म्यानेजर रामेछापका ४४ वर्षीय विष्णु तिवारीलाई प्रतिवादी बनाइएको छ । यीमध्ये रोहितमात्र पक्राउ परेका छन् ।

जाहेरवाला पोदारका अनुसार विश्वास बहुउद्देश्यीय सहकारीमा जम्मा गरेको एक करोड ४९ लाख ९७ हजार २ सय १३ रूपैयाँ फिर्ता नगरेपछि प्रतिवादीले नेपाल सहकारी वित्तीय संस्थामा खाता खोलेपछि दुवै सहकारीमा जम्मा भएको रकम पाइने भनेर उक्त रकम जम्मा गर्न लगाएका थिए । तर, रकम नफर्किएपछि पोदार प्रहरीकहाँ पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर