भोजपुरमा ढलान गर्न ठिक्क पारेको पुल भत्कियो, ठेकेदार र इन्जिनियरको आलोचना – Nepal Press

भोजपुरमा ढलान गर्न ठिक्क पारेको पुल भत्कियो, ठेकेदार र इन्जिनियरको आलोचना

भोजपुर । ढलान गर्न तयार पारिएको मोटरेबल पुल भत्किएको छ । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सिमाना इर्खुवास्थित तामुटारमा निर्माणाधीन पक्की पुलको संरचना भत्किएपछि ठेकेदार र इन्जिनियरको आलोचना बढेको छ ।

खोला थुन्न माटो थुपारेको ठाउँमा पिलर अड्याएर फर्मा तयार पारिँदै थियो । रडको लोड थाम्न नसकेर स्ल्याबको फर्मा भाँचिएको पूर्वाधार कार्यालयका प्राविधिकले बताएका छन् ।

२०७७ सालदेखि निर्माण थालिएको ६ करोड लागतको उक्त पुल यही वैशाखसम्म सक्ने गरी ज्योती कन्स्ट्रक्सनले ठेक्कामा लिएको थियो ।

यसअघि २०७८ सालमा भोजपुरकै दक्षिणी कावा खोलामा ५ करोड बढीको लागतको पक्की पुल बनाउँदा बनाउँदै भत्किएको थियो ।

हतुवागढी गाउँपालिका-२ रानिवास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङको सिमानामा रहेको सो पुल स्वीस सरकारको आर्थिक सहयोगमा बनिरहेको थियो । प्राविधिकले ८० वर्ष आयु र भूकम्पप्रतिरोधी हुने दाबी गरेको त्यो पुल बनाउँदा बनाउँदै भत्किएपछि पनि प्राविधिक र ठेकेदारको आलोचना भएको थियो । त्यो पुल पनि पुन: बनाउन थालिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर