प्रहरीमा जागिर लगाइदिने भन्दै पैसा ठग्ने पक्राउ – Nepal Press

प्रहरीमा जागिर लगाइदिने भन्दै पैसा ठग्ने पक्राउ

सुर्खेत । सल्यानमा प्रहरी जवान र असईमा जागिरे बनाइदिने भन्दै रकम असुल्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

कालिमाटी गाउँपालिका-२ कटविरका भोला पुन मगर पक्राउ परेका हुन् । उनले ६ जनाबाट ३ लाख असुलेको प्रहरीले बताएको छ । स्थानीय सुशीलकुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीबाट प्रतिव्यक्ति ५० हजारका दरले मगरले ३ लाख ठगेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर नवीन कार्कीले जानकारी दिए ।

भोलाले प्रहरीका हाकिमसँग राम्रो सम्पर्क रहेको भन्दै रकम लिएका थिए । इन्स्पेक्टरका कार्कीका अनुसार उनले पीडितहरूलाई आफ्नो घरको काममा समेत लगाउँदै आएका थिए ।

अहिले आएर कि जागिर लगाइदिन कि रकम फर्काउन भन्दा पैसा नै दिएका छैनौं जे गर्छौ गर भनेपछि पीडितहरू प्रहरीमा गुहार माग्दै पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर