नेदरल्याण्डका सेनापति भन्छन्ः हामी रुससँग युद्धको लागि तयारी हुनुपर्छ
काठमाडौं । नेदरल्याण्डका सेनापति मार्टिन विज्जनेनले रुससँग लड्न नेदरल्याण्ड तयार हुनुपर्ने बताएका छन् । बिहिबार दे तेलेग्राफ नामक अखबारसँग कुरा गर्दै मार्टिनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘हामी १५०० किलोमिटर पर छौँ भनेर हामी ढुक्क भएर हुन्न । रुस झन बलियो हुँदैछ ।’ रुसले बुझ्नने भाषा पल्टने भाषा भएको भन्दै मार्टिनले नेदल्याण्डको पल्टन बलियो बनाउन आवस्यकता भएको बताए ।
सन १९९७ सम्म अनिवार्य सैन्य सेवामा सहभागी हुने नियम भएको नेदरल्याण्डले अहिले त्यो प्रचलन नराखेको भन्दै उनले यस्तो अवस्थामा कुनै युद्ध आइपर्दा घाइते भएमा कसैले प्रतिस्थापन गर्न नसक्ने बताए ।
उनले आफ्नो भनाइको तात्पर्य भोलिबाटै डच नागरिकले सैन्य हेल्मेट लगाउने कुरा गरेको नभएर डच नागरिकहरु शान्तिमा बस्ने बानी परेर युद्ध आइपरेमा तयारी नभएको बताए । सन २०१९ देखि नेदरल्याण्डका सेनापति भएका मार्टिनलले खराब समयको लागि सम्पूर्ण समाज तयार हुनुपर्ने बताएका छन् । मार्टिनको यो भनाई रुसी विश्व च्यानल आरटीले प्रखुमताकासाथ उल्लेख गरेको छ ।