‘फोनपे गर्ने हो’ नयाँ वर्षे अभियान सुरु, ‘एमआई–शाओमी १२’ स्मार्ट फोन जित्ने मौका – Nepal Press

‘फोनपे गर्ने हो’ नयाँ वर्षे अभियान सुरु, ‘एमआई–शाओमी १२’ स्मार्ट फोन जित्ने मौका

काठमाडौं । नेपालको डिजिटल भुक्तानी संचालक फोनपेले, ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियानको घोषणा गरेको छ ।

फोन पेले पौस १३ अर्थात आजदेखि पौस १७ सम्म ‘फोनपे गर्ने हो’ अभियान सुरु गरेको हो । अभियानमा दुई भाग्यशाली विजेताहरूलाई ‘एमआई–साओमी१२’ स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने छ ।

अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे डिरेक्ट सेवा, अभियान समय अवधि भर, पाँच पटक सम्म प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ । त्यस्तै, फोनपे क्यू आर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटक सम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने छन् ।

फोनपे क्यू आर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी वा लेनदेनका आवश्यक्तालाई सरल र सुबिधाजनक बनाउँदै, धेरै मानिसहरु माझ थप उजागर गराउनु, अभियानको उद्देय रहेको छ ।

अभियानको उदेश्यका बारेमा फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्मले भने, ‘फोनपे गर्ने हो, अभियानले, ग्राहकहरुलाई आफ्नो दैनिक भुक्तानी वा लेनदेनमा फोनपे सेवाहरुलाई समावेश गर्न थप प्रोत्शाहित गरेको छ । सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोनपे सदैव प्रतिबद्ध छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर