साउदी जाने नेपाली कामदारलाई थप आर्थिक भार पर्दै, बायोमेट्रिक थप्दा समस्या हुने व्यवसायीको भनाइ
काठमाडौं । नेपालबाट रोजगारीका लागि साउदी अरबमा जाने नेपाली कामदारलाई आर्थिक भार पर्ने भएको छ । साउदी अरबले सन् २०२४ को सुरुदेखि बायोमेट्रिक गर्नु गर्ने तयारी गरको छ ।
नेपालमा रहेको साउदी दुतावसले नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग कुनै अनुमतिबिना आफ्नो सूचना पार्टीमा सूचना निकाली २०२४ जनवारी १ बाट कामदारको बायोमेट्रिक गर्नु पर्ने लगायतका विषयहरु लागू गर्न भएको हो ।
अहिले भिजिट र परिवरिक भिजामा बायोमेट्रिकका लागि १७ हाजार लिइरहेको छ । कामदारका लागि भने यति नै लिने भनेर तोकेको छैन । तर, कामदारलाई सुरुमा ७ सय रुपैयाँ लिने भनिएको छ भने विस्तारै बढाउँदै जाने उल्लेख छ । प्रतिदिन ५० जनाको मात्रै बायोमेट्रिक गर्ने कोटा दिने उल्लेख छ । नेपालबाट प्रत्यक दिन करिब ३ देखि ४ सय नेपाली रोजगारीको लागि साउदी जाने गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कामदारमा बायोमेट्रिक लागू गर्ने भन्ने विषयमा विरोध गरेको छ । संघका अध्यक्ष राजेन्द्र भन्डारीले नेपालबाट साउदी जाने कामदारलाई बायोमेट्रिक लागू गर्ने हो भने आर्थिक भार थपिने नेपाल प्रेससँग बताए ।
उनले भने, ‘अहिले भिजिट र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसको लागि १७ हजार लिइरहेको छ । कामदारलाई पनि साउदीले बायोमेट्रिक लागू गर्यो भने थोरैमा पनि ७ सय लिन्छ । बिस्तारै बायोमेट्रिकको शुल्क पनि वृद्धि गर्छ । यसले कामदारलाई नै आर्थिक भार वृद्धि गर्ने हो । नेपाली कामदारलाई यसरी बायोमेट्रिकभन्दै आर्थिक भार थप्दा गह्रो हुने भएकाले नै संघले विरोध गरेको हो । बायोमेट्रिक लिने विषयम नेपाल सरकारसँग स्वकृत लिनुपर्ने हुन्छ । तर, नेपालमा रहेको साउदी दुतावसले आउटसोस् गर्न लागेको हो । बायोमेट्रिक नेपालबाट नै सुरु गर्न लागेको छ । भारत र बंगलादेशमा बायोमेट्रिकका विरोध भएपछि साउदी पछाडी हटेको थियो । अहिले नेपालबाट लागू गर्न खोजेको छ ।’
बायोमेट्रिकका गर्न काठमाडौंमा आएर बस्तु पर्ने कारणले पनि यो आर्थिक बोझ थपिने हुन्छ । प्रत्येक दिन ५० जनालाई मात्रै बायोमेट्रिकका कोटा दिने भनेको छ । नेपालबाट दैनिक ३ देखि ४ सय नेपाल साउदी गइरहेका छन् । भने साउदीमा ४ लाख नेपालीले काम गरिरहेका अध्यक्ष भन्डारीले बताए ।
बायोमेट्रिक गराउने विषयमा श्रम, रोजगार सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट तुरुन्तै सम्बन्धित निकायलाई पत्राचार गरि दुतावाससँग राय माग गर्ने निर्णय समेत भएको छ । मन्त्रालयले साउदी दूतावासबाट जवाफ प्राप्त नहुँदासम्म कुनै पनि व्यवसायीले वैदेशिक रोजगारीमा जाने कामदारको बायोमेट्रिक नगर्न/नगराउनु हुन सम्पूर्ण व्यवसायीलाई निर्देशन दिएको छ ।