बालकुमारी घटना प्रकरण: गृहमन्त्री र पूर्वाधार मन्त्रीकाे राजीनामा माग्दै दैलेखमा पनि आन्दोलन
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० पुष १४ गते १७:१५
![](https://www.nepalpress.com/wp-content/uploads/2023/12/dailekh-andolan.jpg)
सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि दैलेखमा पनि सरकारविरुद्ध आन्दोलन गरिएको छ ।
शनिबार दैलेखको सदरमुकामको गणेश चोकदेखि लोकतान्त्रिक चोकसम्म आन्दोलन गरिरहेका छन् ।
आन्दोलनकारीले हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन भन्दै सरकारविरुद्ध युवाहरुको समूह र विभिन्न राजनीति दलका व्यक्तिहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।
उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गरिरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर