प्रधानमन्त्रीलाई भेट्न मृतकका परिवार बालुवाटारमा
नेपाल प्रेस
२०८० पुष १४ गते १८:०४
काठमाडौं ।शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाएका परिवार बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रदर्शनमा मारिएका दुई युवाका परिवार बालुवाटार पुगेका हुन् । अहिले प्रधानमन्त्रीले मृतकका परिवारसँग कुराकानी गरिरहेकाे बालुवाटार स्राेतले बतायाे ।
आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
आजै सरकारले मृतककाे परिवारलाई राहत स्वरुप जनही १०/ १० लाख दिने निर्णय गरेकाे छ ।
प्रतिक्रिया
सम्बन्धित खवर