स्टार सिटीलाई फारवेष्ट पशुपति कपको उपाधि – Nepal Press

स्टार सिटीलाई फारवेष्ट पशुपति कपको उपाधि

कैलाली । एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधि साविक विजेता स्टार सिटी युवा क्लब धनगढीले जितेको छ । आज धनगढी रंगशालामा भएको फाईनल खेलमा ईलाईट युवा क्लब कैलारी गाउँपालिका वडा नम्बर ६ वनकट्टालाई ३–२ ले हराउँदै लगातार दोस्रो पटक स्टार सिटी च्याम्पीयन भएको हो ।

पहिलो हाफको ९ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्टार सिटीले अग्रता बनायो । पहिलो हाफकै २६ मिनेटमा ईलाईटले खेल बराबरीमा ल्यायो । एक एक बरीबरमा रहेको अवस्थामा पहिलो हाफकै ३९ औं मिनेटमा ईलाईटका विनोद केसीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए ।

तर त्यो अग्रता ३ मिनेटभन्दा बढी समय टिक्न सकेन् । पहिलो हाफको ४१ औं मिनेटमा स्टार सिटीका लागि प्रदीप लामाले गोल गर्दै खेलाडीलाई २–२ को बराबरीमा पुराए ।

पहिलो हाफमा बराबरी भएको अवस्थामा दोस्रो हाफको २२ औं मिनेटमा गोल गर्दै प्रदीप लामाले व्यक्तीगत दोस्रो गोल गर्दै स्टार सिटीलाई अग्रता दिलाए । त्यसपछि कुनै पनि टीमबाट गोल हुन नसकेपछि स्टार सिटी दोस्रो पटक च्याम्पीयन बनेको हो । स्टार सिटीलाई च्याम्पीयन बनाउन फाईनलमा दुई गोल गरेका प्रदीप लामा म्यान अफ द म्याच भए ।

उनले नगद ५ हजार प्राप्त गरेका छन् । च्याम्पीयन भएसँगै स्टार सिटीले नगद ५ लाख प्राप्त गरेको छ । पहिलो सहभागीता जनाएर उपविजेता बनेको ईलाईटले नगद २ लाख पायो ।। प्रतियोगिताका अधिकांश विधामा स्टार सिटीले कब्जा जमाएको छ । स्टार सिटीका प्रदीप लामा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बने । उनले नगद २५ हजार प्राप्त गरे ।

स्टार सिटीका अमानत सेख उत्कृष्ट गोलरक्षक, कुवेर सिंह सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । स्टार सिटीकै निलेश बिष्ट उत्कृष्ट प्रशिक्षक भए । उनले नगद १० हजार पाए । ईलाईका चेतन थारु उत्कृष्ट रक्षक बने । उनले पनि नगद १५ हजार प्राप्त गरे । आयोजक फारवेष्ट पशुपति युवा क्लबका सुशिल विश्वकर्मा उदयमान खेलाडी बने । उनले नगद १५ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई एक समारोहबा बीच पुरस्कार वितरण गरिएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *