शीर्ष स्थानमा उक्लन म्यानसिटीको संघर्ष, अब २ अंकले मात्र पछाडि
काठमाडौं । साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिवार राती भएको खेलमा सेफफिल्ड युनायटेडलाई २-० गोलले हराएको छ ।
घरेलु मैदानमा उत्रिएको म्यान सिटीका लागि जुलियन अल्भारेज र रोड्रीले गोल गरे। रोड्रीले १४औँ मिनेटमा अग्रता दिलाएका थिए ।
अल्भारेजले ६१ औँ मिनेटमा अग्रता दोब्बर बनाए। दुवै गोलमा फोडेनले पास उपलब्ध गराएका थिए ।
यो जितपछि म्यान सिटीले शीर्षस्थानमा रहेको लिभरपुलसँगको अंक दुरी २ अंकमा झारेको छ। १९ खेलपछि लिभरपुलको ४२ र म्यान सिटीको ४० अंक छ ।
१९ खेल खेलेको एस्टन भिल्लाको पनि ४२ अंक छ। शनिवार राती भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फोरेस्टसँग २-१ गोलले हार ब्यहोर्यो भने चेल्सीले लुटनलाई ३-२ गोलले हरायो। एस्टन भिल्लाले बर्नलीलाई ३-२ गोलले हराएर लिभरपुलमाथि दबाब बढाएको हो ।