फूडमाण्डुको नयाँ वर्ष २०२४ को ‘न्यू इयर फिस्ट’ – Nepal Press

फूडमाण्डुको नयाँ वर्ष २०२४ को ‘न्यू इयर फिस्ट’

काठमाडौं । नेपालको फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘न्यू इयर फिस्ट’ अफर लिएर आएको छ ।

अफर अन्तर्गत काठमाडौँका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्र्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनिले जनाएको छ ।

अफरमा ग्राहकहरुले हरेक दिन फरक फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्नेछन् । उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत ग्राहकहरुले प्राप्त गर्न सकिनेछ । शनिबार देखि सुरु भएको अफर आगामी माघ १७ गतेसम्म लागु हुनेछ् ।

फूडमान्डुका ब्रान्ड एंड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भने, ‘हाम्रा ग्राहकहरुलाई ध्यानमा राख्दै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आकर्षक अफरहरु ल्याएका छौ । हामीलाई आशा छ हाम्रा ग्राहकहरुले यस अफरको भरपुर फाइदा लिनुहुनेछ र आफ्नो नयाँ वर्ष विशेष रुपले मनाउनु हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *