आठौं घरजग्गा मेला : २ अर्ब ५० करोड बढी कारोबार, ४० हजार बढीले गरे अवलोकन
काठमाडौं । आठौं घरजग्गा मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ ।
पुस १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए । उनले ४० हजार भन्दा बढी अवलोकन कर्ताहरुले मेला अवलोकन गरेको बताए । उनले मेला सोचेको भन्दा पनि राम्रो भएको बताए ।
उनले मेलामा क्रेताहरु र विक्रेताहरु एकै ठाउँमा भेला भइ सबैकुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको बताए । उनले अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिवद्धता जनाए ।
लिखित र मौखिक रुपमा सरकारले केही गरोस् भनेर सुझाव दिएपनि काम नबनेपछि व्यवसायीहरु सबै मिलेर मेला गर्दा सफल भएको बताए । उनले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको बताए ।
उनले मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको बताए । आठौं घरजग्गा मेला पौष १२ गतेदेखि सञ्चालन भएको थियो ।