दुई युवाको मृत्युमा आईजीपीको जवाफ- मन्त्रीको गाडी त्यहाँ नपुगेकाे भए त्यस्तो घटना हुने थिएन
नेपाल प्रेस
२०८० पुष १६ गते ९:५०
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले बालकुमारी रुटमा मन्त्रीको सवारी भएपछि प्रदर्शनले असामान्य रूप लिएको बताएका छन् ।
संसदीय समितिमा छलफलका क्रममा उनले मन्त्रीको गाडी त्यही रुट भएर गएपछि प्रदर्शनकारीहरू उग्र बनेको बताए ।
मन्त्रीलाई नै हातपात गर्ने गाडीमा आगजनी हुनसक्ने भन्ने सूचना आएपछि सुरक्षाकर्मीहरू त्यसतर्फ गएको उनले बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले मन्त्रीको गाडी आएर भिडमा रोकिएपछि अवस्था असामान्य बनेको बताए ।
गोली चलेको यकिन नभए पनि १२ः२० मा मन्त्रीको गाडीमा आगजनी भएको उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर