वीरेन्द्रनगरमा खेलकुद पत्रकार सम्बन्धी दुई दिने तालिम – Nepal Press

वीरेन्द्रनगरमा खेलकुद पत्रकार सम्बन्धी दुई दिने तालिम

१० औँ राष्ट्रिय खेलकुद अवसर र चुनौती छ : मन्त्री पोखरेल

सुर्खेत । कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद अवसर र चुनौतीको विषय रहेको बताएका छन् ।

बुधवार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आयोजना र कर्णाली प्रदेश खेलकुद परिषद्को समन्वयमा भएको खेलकुद पत्रकारिता सम्बन्धी दुई दिने तालिममा मन्त्री पोखरेलले यसलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेशको गौरवको आयोजना प्रदेश रङ्गशालाको निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको बताए ।

१०औँ राष्ट्रिय खेलकुद उक्त रङ्गशालामा मात्रै खेलाउन सम्भव नहुने हुँदा अन्य जिल्लाका खेलकुदका पूर्वाधारका योजनामा पनि जोड दिन आवश्यक रहेको उनको भनाइ छ ।

अन्य जिल्लामा खेलकुदका संरचना निर्माणका लागि बजेट अभाव रहेको मन्त्री पोखरेलले भने, ‘आर्थिक अभाव भए पनि १० औँ राष्ट्रिय खेलकुद अवसरमा रूपमा लिएर सम्पन्न गर्नुपर्ने छ । कर्णालीको खेलकुद विकासका लागि कर्णाली सरकारले सदैव अगाडि बढ्नेछ ।’

यस्तै, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले कर्णालीका पत्रकारले कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समाचार सम्प्रेषण सँगै अन्य खेलकुदका गतिविधिलाई आफ्ना मिडिया मार्फत प्राथमिकता दिने अपेक्षा राखेको बताए ।

सदस्य सचिव संञ्जालका अनुसार कर्णालीमा पत्रकारको क्षमता वृद्धिका लागि यस्ता खालका तालिमको आयोजना हुनुपर्ने बताए ।

साथै, पत्रकार महासंघका कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहनका लागि फेलोसिप गर्नुपर्ने योजना बनाएको जानकारी दिए ।

खेलकुद पत्रकारिता मात्रै नभएर मात्रै अन्य विद्याका पत्रकारिताको क्षमता वृद्धिका लागि पनि अन्य तालिमको आयोजना गरिने पनि बताए । अध्यक्ष देवकोटाले भने, ‘यस तालिमबाट पत्रकारको सीप क्षमता र वृद्धिको विकास हुने अपेक्षा राखेको छु ।’

खेलकुद पत्रकारिता तालिमकाे प्रशिक्षकमा पवन आचार्य , प्रकाश तिमल्सिना, भानु अधिकार र सुवाश हुमागाई रहेका छन् ।

तालिममा वीरेन्द्रनगरमा रहेका सम्पूर्ण पत्रकारहरू उपस्थिति रहेको छ । तालिम बिहीबार सम्पन्न हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर