राष्ट्रियसभामा एमालेलाई पनि समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रयासले गठबन्धनमा असन्तुष्टि – Nepal Press

राष्ट्रियसभामा एमालेलाई पनि समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रयासले गठबन्धनमा असन्तुष्टि

काठमाडौंं । राष्ट्रियसभामा नेकपा एमालेलाई पनि सीट दिएर जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयासले गठबन्धनमा असन्तुष्टि देखिएको छ ।

दुई दिनसम्म बसेको कांग्रेस र माओवादीबीचको बैठकमा एमालेलाई पनि केही सीट दिएर जानेबारे सकारात्मक छलफल भएपछि अन्य दलले असन्तुष्टि जनाएका हुन् ।

बैठकमा सहभागी एक नेताले एमालेको प्रस्ताव कुन ढंगबाट आएको भन्ने नबुझेसम्म त्यसबारे निर्णय लिन नसकेको बताए । आजको बैठकमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीले आफूहरुलाई शून्य बनाएर नजान भन्दै आग्रह गरेको जानकारी गराएका थिए ।

ती नेताले भने, ‘गठबन्धन दलले कति पाउँने टुंगो छैन । एमालेको प्रस्ताव के हो ? उहाँहरुले आफ्नो ९ सीट नै माग्नुहोला रे । हामीले कति पाउँने टुंगो छैन । त्यो दिन सकिँदैन ।’

ती नेताका अनुसार गठबन्धनमै भएका दलहरुको आकांक्षा धेरै भएकाले एमालेसहितको सहमति बन्न सम्भावना न्यून छ । एमालेलाई समेट्ने प्रयास असफल भए राष्ट्रियसभामा ८ सीटमा खुम्चिनेछ । आगामी माघ ११ गते रिक्त २० सीटमा निर्वाचन हुँदैछ ।

 


प्रतिक्रिया

One thought on “राष्ट्रियसभामा एमालेलाई पनि समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रयासले गठबन्धनमा असन्तुष्टि

  1. गठबन्दनको चास्नीमा फस्ने .. १-२ झिङगा झैं टासिने .. ललाटमा कालो धब्बा बोक्न तयार हुने हो एमाले !!??
    अर्को कुरा, ओलीले यो भने भनेर सुनाएको कुरा कत्ति सत्य हो ?! २ दिन कुरम न !! काङगरेसलाई कंज्याउने अनि बारगेनिङः यहि हो चतुरे पर्चण्डको दाउपेच !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर