दक्षिण अफ्रिकाविरुद्ध भारतले एउटै स्कोरमा ६ विकेट गुमाउँदै बनायो लज्जास्पद रेकर्ड
काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्टको शृंखलाअन्तर्गत दोस्रो खेलमा पहिलो पालीमा घरेलु टोलीलाई ५५ रनमा अलआउट गरेको भारत आफू पनि एक सय ५३ रनमा समेटियो ।
खेलको पहिलो दिन दक्षिण अफ्रिकालाई सस्तोमा समेटेर ब्याटिङ थालेको भारतले खराब रेकर्ड बनाएको छ । भारतले एक सय ५३ रनकै स्थितिमा ६ विकेट गुमाएको थियो ।
पाँचौँ विकेटका रूपमा केएल राहुल आउट हुँदा भारत एक सय ५३ रनको अवस्थामा थियो । सोही स्थितिमा भारतले श्रेयस अय्यर, रविन्द्र जडेजा, जसप्रित बुमराह, मोहम्मद सिराज र प्रसिध कृष्णालाई गुमाएको थियो । उनीहरू सबैले खाता खोल्न नसकेका हुन्। भारतले ११ बलको बीचमा ६ विकेट गुमाएको हो। तीमध्ये ५ बलमा भारतले खाता खोल्न सकेको थिएन।
पहिलो विकेटका रूपमा यसस्वी जैसवाललाई शून्यमै गुमाएको भारतलाई रोहित शर्मा, विराट कोहली र सुभमन गिलले सम्हाल्ने प्रयास गरेका थिए। रोहितले ३९, गिलले ३६ र कोहलीले ४६ रन बनाए। राहुलले ८ रन मात्र जोड्न सकेन।
दक्षिण अफ्रिकाका कागिसो रबडा, लुंगी एनगिडी र नान्द्रे बर्गरले ३र३ विकेट लिए। रोमाञ्चक यो खेलको पहिलो दिनमै २३ विकेट गुमेको छ।
आफ्नो दोस्रो पाली थालेको दक्षिण अफ्रिकाले दिनको खेल समाप्तिमा ३ विकेट गुमाएर ६२ रन जोडेको हो। घरेलु टोली अझै भारतको पहिलो पालीभन्दा ३६ रनले पछाडि छ।