बढ्दो व्यापार घाटाले अर्थतन्त्र झन् बिग्रनेतर्फ सचेत गराउँदै निर्यात परिषदले दियो १६ बुँदे सुझाव – Nepal Press

बढ्दो व्यापार घाटाले अर्थतन्त्र झन् बिग्रनेतर्फ सचेत गराउँदै निर्यात परिषदले दियो १६ बुँदे सुझाव

काठमाडौं । नेपाल निर्यात परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखापरेका समस्याले नेपाली बस्तुको उत्पादन तथा निकासीमा प्रत्यक्ष असर परेको बताएको छ ।

शुक्रबार परिषदको २६औं वार्षिक साधारणसभा तथा ८औं निर्यात दिवसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष रेशमबहादुर पोखरेलले जसका कारण समग्र अर्थतन्त्रको लक्ष्यलाई प्रभाव पारेको बताएका छन् । आगामी दिनमा देशको आर्थिक अवस्था झन् बिग्रिने संकेत देखा परेको तर्फ परिषदले सचेत गराएको छ ।

‘विद्यमान अवस्थामा समग्र देशको आयात तथा निर्यातको अवस्थालाई नियाल्दा ५ महिनाको अवधिमा मात्र ६ खर्बको वस्तु आयात हुँदा निर्यात जम्मा ६३ अर्बमात्र भई देशको व्यापार घाटा ५ खर्बभन्दा बढी भएकोले आगामी दिनमा हाम्रो देशको आर्थिक अवस्था झनझन नराम्रो हुनसक्ने संकेतहरू देखापरेको हुँदा हाम्रो अर्थ व्यवस्था निर्यातमुखी नभई आयातमुखी अर्थतन्त्रमा नै निर्भर रहेको देखिन्छ’, परिषदद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

परिषदले आज नै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रतिनिलगायत सरोकारवालाको उपस्थितिमा नेपालको निकासी व्यापारमा भएका समस्या समाधानका उपायहरु र निकासी अभिवृद्धिका विद्यमान ऐन, कानूनले पुऱ्याएको अड्चन फुकाउने विषयमा छलफल गरेको थियो ।

त्यस्तै, परिषदले निर्यात बढाउन सरकारलाई १६ बुँदे सुझावसमेत दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर