पाँच महिनामा जीवन बीमा कम्पनीहरुले गरे ६१ अर्ब ७५ करोड बढीको कारोबार – Nepal Press

पाँच महिनामा जीवन बीमा कम्पनीहरुले गरे ६१ अर्ब ७५ करोड बढीको कारोबार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा जीवन बीमा कम्पनीहरुले ६१ अर्ब ७५ करोड बढीको व्यवसाय गरेका छन् ।

चालू आर्थिक वर्ष २०८०/०८१ को मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरुले ६१ अर्ब ७५ करोड ८० लाख बीमा शुुुल्क संकलन गरेकाे बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

पाँच महिनामा कम्पनीहरुले नवीकरण बीमा शुल्कमार्फत ५० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ र प्रथम बीमा शुल्कमार्फत १० अर्ब ९८ करोड ४१ लाख रुपैयाँ संकलन गरेका छन् ।

चालू आर्थिक वर्षको मंसिर महिनासम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १६ अर्ब ७६ करोड ८ लाखको बीमा शुल्क संकलनका साथ शीर्ष स्थानमा रहेकोे छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ७ अर्ब १६ करोड २३ लाख रुपैयाँ, एलआईसी इन्स्योरेन्सले ६ अर्ब ९२ करोड १ लाख, हिमालयन लाइफले ६ अर्ब ७९ करोड ९० लाख, राष्ट्रिय बीमा सस्थानले ४ अर्ब ५२ करोड ५० लाख, सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड ८४ लाख, एशियन लाइफले ३ अर्ब २ करोड ४५ लाख, सानिमा रिलायन्स लाइफले २ अर्ब ३६ करोड ९२ लाख, सटिजन लाइफले २ अर्ब २३ करोड ९२ लाख, मेट लाइफले २ अर्ब १९ करोड २७ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड ६० लाख, आइएमई लाइफले १ अर्ब ६३ करोड ७८ लाख, रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर