अरुका उत्पादनलाई आफ्नो भनेर ट्रेडमार्क लिन खोजेकाे भन्दै हिलटेकविरुद्ध उजुरी – Nepal Press

अरुका उत्पादनलाई आफ्नो भनेर ट्रेडमार्क लिन खोजेकाे भन्दै हिलटेकविरुद्ध उजुरी

काठमाडौं । हिलटेक प्लाष्टिक एण्ड पाइप इण्डस्ट्रिज प्रालिले अरुको उत्पादनलाई आफ्नो बाण्ड भनेर ट्रेडमाक लिन खोजेको खुलेको छ । हिलटेकविरुद्ध उद्योग विभागमा उजुरी परेको छ ।

उद्योग विभागमा हिलटेकले पीभीसीओ पाइपका उत्पादनलाई आफ्नो बाण्ड भनेर ट्रेडमार्क लिनको लागि निवेदन दिएको थियो । विभागबाट प्रकाशित औद्योगिक कम्पनी बुलेटिन वर्ष १७, अंक ४ पृष्ठ ५६ र ५७ दाबी विरोध भए उजुरी हाल्न भनेको थियो । बुलेटिन प्रकाशित भएपछि हिलटेकलाई ट्रेडमार्क दिन नमिल्ने भन्दै केही कम्पनीले उजरी हालेका हुन् ।

उद्योग विभागका कानून शाखा प्रमुख दीपक घिमिरेले हिलटेकले पीभीसीओका पाइपहरु आफुले उत्पादन गर्ने भनेर ट्रेडमार्क दर्ताको लागि आवेदन दिएपछि उजुरी परेको बताए ।

याे पनि  पढ्नुस् :हिलटेकले उद्योग विभागलाई नै झुक्याएर अर्कैको पेटेण्ट, डिजाइन र ट्रेडमार्क लिएको दाबीसहित उजुरी

उनले भने, ‘हिलटेकले पीभीसीओका पाइपहरु आफुले उत्पादन गर्ने भनेर ट्रेडमार्क दर्ताको लागि आवेदन दिएको विरुद्ध उजुरी परेको छ । विभागले यस विषयमा अध्ययन गरिरहेको छ । अध्ययन सकिएपछि के हो भन्ने प्रष्ट हुन्छ । अनि हिलटेकलाई पीभीसीओका पाइपहरु उत्पादनको अनुमति दिने नदिने भन्ने निर्णय हुन्छ ।’

हिलटेकले यसभन्दा पहिला पनि डबल वाल कोरुनगेटेड पाइपको डिजाइनको पेटेण्ट, डिजाइन र ट्रेडमार्क आफ्नो नाममा दर्ता गरेको थियो । उजुरी परेपछि यस विषयमा पनि अध्ययन भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर