पुस २७ र २८ मा चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुँदै (भिडिओ) – Nepal Press

पुस २७ र २८ मा चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुँदै (भिडिओ)

काठमाडौं । चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ ।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा सो प्रतियोेगिता आगामी पुसको २७ र २८ गते हुने भएको भएको हो । शुक्रबार संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

संघका अध्यक्ष हरिशरण केसीले प्रतियोगितामा पुरुष तथा महिलातर्फ समान ६ विधामा प्रतिष्पर्धा हुने जानकारी दिए । प्रतियोगिताका खेलहरू बसुन्धरास्थित यति पार्टी प्यालेसमा हुनेछन् । प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी र ६५ केजी तथा महिलामा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुला तौलसमूह र एकल कातामा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । एक प्रदेशबाट एक तौलसमूहमा समान ६ पुरुष तथा महिला गरी कुल १२ खेलाडी सहभागिता जनाउन पाउनेछन् । त्यसबाहेक एकजना प्रशिक्षक, एकजना व्यवस्थापक र रेफ्री रहनेछन् ।

प्रतियोगितामा सहभागी हुने सबै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा हरेक विधामा पदक जित्ने पुरुष/महिला खेलाडी, बेस्ट फाइटर तथा शिर्ष तीनमा रहने टोलीलाई पुरस्कार प्रदान गरिने भएको छ । आयोजककाअनुसार प्रतियोगिता आयोजना करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *